मृत अवस्थामा फेला

मोरङ,असोज-२८ गते ।

मोरङ रंगेली-२ दौलतपुर बस्ने ६० बर्षीय सर्वेसलाल राजवंशी मृत अवस्थामा फेला परेका छन ।
हिजो अपरान्ह साढे ४ बजे दौलतपुर हटिया जान्छु भनि घरबाट हिडेका राजवंशी घर फर्की नआपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा उनलाइ घरबाट करिव १० मिटरको दुरीमा रहेको नहरको पानीमा डुवी मृत अवस्थामा फेला पारिएको भनि आज विहान ६ बजे प्रहरीमा खबर गरेका थिए ।
 
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रही कार्यालय मोरङले जनाएको छ ।