करेन्ट लागेर एकको मृत्यु

मोरङ,असोज-२८ गते ।

मोरङ रतुवामाई-१० सातमेडी बस्ने २४ बर्षीय रविन लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे आफ्नै घर छेउमा मोटरजडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बु वेहोस भएका थिए ।
 
उनलाई तत्काल लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा उनको साझँ साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।