करेन्ट लागेर एकको मृत्यु

झापा,असोज-२६ गते ।

पांचथर फिदिमका २४ बर्षीय शिव तुम्बाहाम्फोको करेन्ट लागेर मृत्यु भएको छ । फिदिम घर भएका तुम्बाहाम्फो झापा बिर्तामोड स्थितमा आफ्नो सानीआमाको घरमा केही दिन अगाडी आएका थिए ।
 
सानीआमाकै घरमा आएको बेला घर नजिकै रहेको नालामा उनि माछा पार्न भनि हिजो साझँ ६ बजे गएका थिए । नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक तुम्बाहाम्फो आफैलाई करेन्ट लाग्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 
साथै उनि संगै माछा मार्न गएका हरी प्रसाद रिमाललाई समेत करेन्ट लागेकोमा उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।