खोलाले बगाउदा १ को मृत्यु

झापा,भाद्र-२४ गते ।

झापाको कनकाई नगरपालिका ९ स्थितमा रहेको बिरिङ खोलाले बगाउदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका -९ घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साह रहेका छन ।
 
आज दिउसो भैसीलाई पानी खुवाउनका लागी खोलामा लगेको बेला उनलाई सोही खोलाले बगाएको थियो ।
स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।