रुखको हांगाले लागेर ६ बर्षीय बालकको मृत्यु

मोरङ,भाद्र-२२ गते ।

मोरङ धनपालथान-३ चेकाटोल बस्ने बिजय ऋषिदेबको ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ ।
आज दिउसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेबले जंगल बाट रूखको हांगा ल्याई घरमा राख्ने क्रममा घरको आंगनमा खेलिरहेका बालकलाई एक्कासी लाग्दा उनि घाईते भएका थिए ।
 
घाईते बालकको कर्सिया अस्पतालमा उपचारको क्रममा दिउसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सुनिल ऋषिदेब तत्काल फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।