पहिरोले पुरिएर २ जनाको मृत्यु

ताप्लेजुङ,भाद्र-२२ गते ।

ताप्लेजुङ सिरिजंघा गाउँपालिका-४ का दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे रहेका छन ।
गए राती परेको अविरल वर्षाको कारण सोही स्थानमा रहेको निर्माणधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवन समेत माथीबाट झरेको पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
 
सोही आयोजनाको पावर हाउसमा लिम्बु र थेवे अप्रेटरको काम गर्दै आएका थिए । पावर हाउसमै रहेको अवस्थामा पहिरोले पावर हाउस बगाउदा उनिहरुको पनि पुरिएर मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी टोली खटि गई लाश को उद्धार गरी कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।