खोलाले बगाएर १ जनाको मृत्यु

ईलाम, श्रावण १६ गते ।

ईलामको माङसेबुङ गाउँपालिका-५ का २८ बर्षीय चन्द्र बहादुर थेगिमको माई खोलाले बगाएर मृत्यु भएको छ । आज बिहान साँढे १० बजेको समयमा परिवार सहित माई खोलामा पुजा गर्न गएको र पुजा गर्नु अगाडी खोलामा नुहाउने क्रममा अचानक खोलाले बगाउदा थेगिमको मृत्यु भएको भनी आफन्तले खबर गरे संगै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।