पानीमा डुबेर ७३ बर्षीय बृद्धको मृत्यु

मोरङ, असार १५ गते ।

मोरङको कानेपोखरी गाउँपालिका-२ का ७३ बर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आईतवार बेलुका ८ बजे देखी अचानक घरबाट निस्किएका बृद्ध आज बिहान ११ बजे घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा रहेको भनी आफन्तले जानकारी गराएसंगै ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।