हराएका तथा चोरि भएका ४५ थान मोवायल फेला पारी सम्बन्धीत धनिलाई बुझाईयो

सुनसरी, असार १४ गते ।

ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोवायल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । आफ्ना मोवायल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिव १०,३८,१००।-(दश लाख अढतिस हजार एक सय) मुल्य बराबरका ४५ थान मोवायलल सेट फेला पारी आजै सम्बन्धीत धनीहरुलाई बुझाएको हो । ईलाका प्रहरी कार्यालय ईटहरीमा CDR शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ५५,८६,५२०।-(पचपन्न लाख छ्यासी हजार पाँचसय वीस) रुपैयाँ बराबरको २३१ थान मोवाईल फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।