अन्तराष्ट्रिय लागू पदार्थ तथा अबैध तस्करी सम्बन्धी दिवश

सुनसरी, असार १३ गते ।

"सुखी जिवनका लागि राम्रो हेरचाह र उत्तम ज्ञान" भन्ने मुल नाराका साथ आसरा सुधार केन्द्र पानवारी धरानको आयोजनामा अन्तराष्ट्रिय लागू पदार्थ तथा अबैध तस्करी सम्बन्धी दिवश सम्पन्न भएको छ ।
१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक ईश्वर बाबू कार्की ज्युको प्रमुख आतिथ्यतामा शुक्रवार आसरा सुधार केन्द्रको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा आसरा सुधार केन्द्रका पदाधिकारी तथा सुधार केन्द्रमा उपचाररत बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
 
कार्यक्रममा प्रमुख अतिथी ज्युले आन्तरिक खेलकुदमा बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गर्नुहुँदै बिद्यार्थीहरुको दैनिक क्रियाकलाप, आवासिय सेवा सुबिधा र उचित परामर्शमा ध्यान पुर्याउन संचालन समितीका पदाधिकारी, परामर्श दाता तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।