जंगलमा मृत फेला

सोलुखुम्बु, चैत्र ११ गते ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-१ नेलेका ६० बर्षीय धनबिर कामी मृत फेला परेका छन् । चैत्र ५ गते दिउँसो घरबाट निस्किएका धनबिर चैत्र १० गते दउँसो साँढे १ बजे जुभिङ सामुदायिक वनमा रहेको खोल्सामा मृत फेला परेका हुन् । घटनाको जानकारी पाएसंगै ईलाका प्रहरी कार्यालय लुक्लाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया गरिरहेको तथा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट समेत अनुसन्धान टोली खटाईएको उक्त कार्यालयले जनाएको छ ।