माछा पोखरीमा डुबेर नावालकको मृत्यु

ईलाम, चैत्र ०९ गते ।

ईलाम नगरपालिका-९ साखेजुङका दिपन राईको ३६ महिनाको छोरा निनामहाङ राईको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । शनिवार दिउँसो १ बजेको समयमा घरमा खेलिरहेका नावालक अचानक घर नजिकैको माछा पोखरीमा डुबिरहेको देखि अभिभावकले उपचारको लागी जिल्ला अस्पताल ईलाम लगेकोमा उपचारको क्रममा दिउँसो सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।