चट्याङले लागी १ महिलाको मृत्यु

भोजपुर, चैत्र-०८ गते ।

भोजपुर ट्याम्केमैयुम-३ गिरी टोल बस्ने ५७ बर्षीया दुर्गामाया गिरीको चट्याङले लागी मृत्यु भएको छ ।
हिजो दिउसो पौने ४ बजे आफ्नै घरमा बसिरहेको अबस्थामा अचानक परेको चट्याङ लागी घाईते भएकी दुर्गामायाको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साझँ पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।