एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु

उदयपुर,चैत्र-०८ गते ।

उदयपुर त्रियुगा-९ झिल्के चोक बस्ने ६२ बर्षीय तिलक दनुवार र सोही स्थानका १४ बर्षीय रोशन दनुवारको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।
हिजो साझँ ६ बजे झिल्के चोक स्थित बाटो छेउमा बसिरहेका दुबैजनालाई चुहाडेबाट गाईघाट तर्फ आउदै गरेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा गम्भिर घाईते भएकोमा तिलकको उपचारको क्रममा साझँ साढे ६ बजे जिल्ला अस्पताल उदयपुरमा र रोशनको न्युरो अस्पताल बिराटनगरमा आज बिहान सवाँ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
 
यसै गरी उनिहरु सगै बसेका ३२ बर्षीय राज कुमार दनुवारलाई समेत सोही एम्बुलेन्सले ठक्कर दिदा गम्भिर घाईते भएकोमा उनको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक सन्तोष खत्री नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।