करेन्ट लागी १ को मृत्यु

मोरङ, चैत्र-०७ गते ।

मोरङ पथरी शनिश्चरे-६ शान्ति चोक बस्ने ३९ बर्षीय मन बहादुर वि.क. को करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो बेलुका सवाँ ८ बजे आफ्नै भान्साघरमा बिजुली बत्ती मर्मत गरिरहेका मन बहादुरलाई एक्कासी करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।