सवारी दुर्घटना १ जनाको मृत्यु

सुनसरी, फाल्गुन ०१ गते ।

सुनसरीको धरान उप-महानगरपालिका-५ ठिङगावारीमा ट्याक्टरको चक्काले किचेर १ जनाको मृत्यु भएको छ । आज दिउँसो ३ बजेको समयमा किसानचोकबाट ठिङगावारी तर्फ जाँदै गरेको को ५ त ७८४३ नम्बरको ट्याक्टरमा चढेर जाँदै गरेको अवस्थामा ट्याक्टरमा ब्रेक लगाउँदा उछिट्टिएर सोही ट्याक्टरको चक्काले किच्दा स्थानीय ४२ बर्षीय बुद्धराज लिम्बुको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया भईरहेको छ भने ट्याक्टर चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ ।