मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु

सुनसरी, फाल्गुन ०१ गते ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-८ सोनीयाई टोलमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो ३ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको स ३ प ७०१२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ४५ बर्षीय शिवनारायाण यादव र निजकै श्रीमती ४० बर्षीय सबिता देवी यादव घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागि बिराटनगरको न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा सबिता देवी यादवको अपरान्ह पौने ५ बजे मृत्यु भएको हो ।