अवैध सामान बरामद

झापा, माघ २७ गते ।
 
झापाको मेचीनगर नगरपालिका-६ दुर्गा मन्दिरबाट प्रहरीले अन्दाजी १ लाख ७५ हजार मुल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
 
आज विहान साढे ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलले नेपालबाट भातर तर्फ लैजाँदै गरेको १२५ किलो मरीच २०० किलो छगडा र १५ कार्टुन स्याउ बरामद गरेको हो ।
 
बरामद गरिएको उक्त परिमाणको सामान इलाका प्रहरी कार्यालयमा राखि आवश्यक कानूनी प्रकृया पश्चात मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।