नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ

झापा, माघ २६ गते ।

झापाको मेचीनगर नगरपालिका-६ भन्सार गेटबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो १२ बजे दमक नगरपालिका-२ का २१ बर्षिय मुस्कान फुयललाई डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल र फेनारगन ६० एम्पुल गरी जम्मा १८० एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका फुयलको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।