अस्थायी प्रहरी पोष्टको स्थापना

भोजपुर, माघ ०१ गते ।

 
भोजपुरको राम प्रसाद राई गाउँपालिका-१ ओख्रेमा जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर राखी अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । नयाँ स्थापना भएको अस्थायी पोष्ट ओख्रे भोजपुरको प्रतिनिधी सभा सदस्य माननीय सुधन किरातीले आज एक कार्यक्रमका बिच बिधिवत रुपमा उदघाटन गर्नु भयो । उदघाटन कार्यक्रममा राम प्रसाद राई गाउँपालिका उपाध्यक्ष सम्झना राई, भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा , जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नर बहादुर सलामी मगर,  स्थानिय  बुद्धिजिवी, भद्र भलादमी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।