वैकिंङ कारोवार गरी ठगी गर्ने १ जना पक्राउ

माघ, ०१ गते ।
 
सुनसरीको ईटहरी नगरपालिका-६ स्थितबाट वैकिंङ कारोवार गरी ठगी गर्ने १ जनालाई पक्राउ गरीएको छ । स्थानीय ५१ बर्षिय विरेन्द्र विश्वकर्मा (रामदाम) ले संचालन गरेको श्री लक्ष्मी स्टोर्स ( ज्वेलर्स) को नाममा पासबुक छपाई बिभिन्न मानिसहरुलाई वढी व्याज दिन्छु भनि प्रलोभनमा पारी ठगी गरेको भन्दै ईलाका प्रहरी कार्यालय ईटहरीमा जाहेरी परेपछी सम्मानित सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खोजतलाश गर्ने क्रममा उनलाई काठमाण्डौ स्थित बालजुबाट गत २८ गते पक्राउ गरीएको थियो ।
 
पक्राउ परेका उनले हाल सम्म १० जना ब्यक्तिहरु संग पैंतालिस लाख चार हजार रुपैया ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउ परेका विरेन्द्र विश्वकर्मा उपर थप अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।