फरार प्रतिवादी पक्राउ

मोरङ, पौष २९ गते ।

ईलाका प्रहरी कार्यालय पथरीले १८ जना फरार प्रतिवादीहरु पक्राउ गरी सम्मानित जिल्ला अदालत मोरङमा बुझाएको छ । सम्मानित जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा बहु-बिबाह, सवारी ज्यान, नकावजनी चोरी, लागुऔषध तथा जबरजस्ती करणी मुद्धामा कैद तथा जरीवाना फैसला भई हाल सम्म पनी फरार रहेका फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागी अदालतमा बुझाएको हो । यस पौष महिनामा मात्र ईलाका प्रहरी कार्यालय पथरीले अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी रहेका १८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी बुझाईसकेको छ भने फरार प्रतिवादीहरुलाई पक्राउ गर्न बिशेष टोली नै खटाई पक्राउ अभियान संचालन भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।