अबैध समान बरामद

झापा, पौष २९ गते । 
 
झापाको मेचीनगर नगपालिका-६ संगिता ढ्याकबाट ठुलो परिणामको अबैध समान बरामद भएको छ । भन्सार छली गरी अबैध रुपमा नेपालबाट भारत तर्फ सामान लैजादै गरेको भन्ने सूचनाका आधारमा आज बिहान राती २ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ४ लाख ८८ हजार बराबरको ६० बोरा छगरा र ५ बोरा मटर बरामद गरेको हो । अबैध रुपमा बरामद भएको सामान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालयमा बुझाईने उक्त कार्यालयले जनाएको छ ।