आफ्नै घाटी रेटेर बृद्दाले गरीन् आत्महत्या

झापा, पौष २८ गते ।
 
झापाको बिर्तामोड नगरपालिका-१० शैनिक बजार स्थितमा आफ्नै घाटी रेटेर १ जना बृद्धाले आत्महत्या गरेकी छिन् । आईतबार साँझ साढे ७ बजेको समयमा बर्ष ७१ की रोषनी राईले आफ्नै घरमा घाँस काट्ने हसियाँले आफ्नै घाँटी रेटेर गम्भीर घाईते भएकी थिईन् । घाईते उनलाई उपचारकोलागी बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको ईलाका जिल्ला प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।