हराएर बेपत्ता भएकी महिला मृत फेला

उदयपुर, पौष २७ गते ।

उदयपुरको त्रियुगा नगरपालिका-१२ की ४० बर्षीया सुन्तली बोट मृत फेला परेकी छन् । शनिवार बिहान १० बजे घरबाट माछा मार्न भनी बरुवा खोलामा गएकी बोट बेलुका सम्म पनि फर्केर नआएपछी खोजतलास गर्ने क्रममा आज बिहान साँढे १० बजे बरुवा खोलाको दोभानमा मृत फेला परेकी हुन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।