तमोर नदिमा हाम फाल्दा १ जनाको मृत्यु

धनकुटा, पौष २७ गते ।

धनकुटाको, धनकुटा नगरपालिका-९ मुलघाट स्थित तमोर नदिमा हाम फाल्दा १ जनाको मृत्यु भएको छ । शनिबार राती ११ बजेको समयमा ईटहरी उपमाहानगरपालिका-१ आपगाछी बस्ने बर्ष ३३ को राजन चौधरी र बर्ष २९ को अञ्जिल मगर तेह्रथुम जिल्लाको तिनजुरे भन्ने स्थानमा हिउ खेलेर फर्कने क्रममा उक्त पुलमा आएपछी को ३५ प ४१०१ नम्बरको मोटरसाईकल रोके पछी राजन चौधरी तमोर नदिमा हाम फालेका थिए । घटनाबारेमा प्रहरी चौकी मुलघाटमा जानकारी गराउनासाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले पानिमा रहेको राजनको शबलाई निकालेको थियो भने कानुनि प्रकृया तथा अन्य अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरीको टोली खटिएको थियो । साथै मोटरसाईकल चालक अञ्जिल मगरलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान कार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ ।