घरको माथिबाट लडेर १ जनाको मृत्यु

मोरङ, मंसिर २१ गते ।
 
मोरङको सुन्दरहरैचा नगरपालिका -१० स्थितमा प्लम्बर काम गर्ने क्रममा बन्दै गरेको २ तले नया घरबाट लडेर १ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो साढे ३ बजेको समयमा छिमेकी नर्सिङ लिम्बुको घरमा प्लम्बरको काम गर्न गएका बर्ष-४५ को श्याम कुमार रिजाल लडेर घाईते भएपछी उपचारको क्रममा धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा साढे ४ बजेको समयमा मृत्यु भएको हो । घटनाबारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली खटि कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान गरिरहेको छ ।