२ वटा गाडीको ठक्करबाट एक बृद्धको मृत्यु

झापा, मंसिर २० गते ।
 
झापाको मेचीनगर नगरपालिका- १२ र बुद्धशान्ती गाउँपालिका-३ को सिमानामा पर्ने धाईजन चोक स्थित मेची राजमार्गमा बलेरोको ठक्करबाट घाईते भएका बृद्धलाई अर्को गाडीले ठक्कर दिदा मृत्यु भएको छ ।
 
आज बिहान साढे ६ बजेको समयमा पैदलयात्री सोही गाउँपालिका-३ बस्ने वर्ष ७० को हरि प्रसाद न्यौपानेलाई विर्तामोड बाट ईलाम तर्फ जाँदै गरेको प्रदेश नं. १-०१/००१ ज ३४०० नंबरको बलेरोले ठक्कर दिएर लडाएको थियो ।
 
उक्त समयमै सोहि दिशा तर्फ जाँदै गरेको मे १ ज ३१९६ नंबरको गाडिले ठक्कर दिएर घाईते बनाएको थियो । घाईते उनलाई उपचारको लागी बि एण्सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा बिहान ९ बजेको समयमा मृत्यु भएको थियो ।
 
ठक्कर दिने दुबै सवारी साधन तथा चालकहरु ईलाम नगरपालिका-१ बस्ने वर्ष २३ को ललित राई र ईलाम देउमाई नगरपालिका-१ बस्ने वर्ष ३८ को कमल राईलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।