पिकअप गाडीको ठक्करबाट १ जनाको मृत्यु

धनकुटा, मंसिर १९ गते ।
 
धनकुटाको चौबिसे गाउँपालिका-७ एक्लेबर स्थित राजारानी-मौनाबुधुक भित्रि कच्चि सडक खण्डमा पिकअप गाडीको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
 
बुधबार बेलुका ७ बजेको समयमा सोही गाउँपालिका-५ डाँडागाउँ बस्ने बर्ष ५६ को दिलिप कुमार याख्खा लाइ सडकमा हिडीरहेको अवस्थामा को.२.च.३२२३ नंबरको पिकअप गाडीले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
 
घटनाबारेमा जानकारी पाउनासाथ ठक्कर दिने सवारी साधनको खोजतलाशमा खटिएको अस्थायी प्रहरी चौकी मौनाबुधुक र ईलाका प्रहरी कार्यालय राजारानीको प्रहरी टोलीले ठक्कर दिएर फरार रहेको उक्त पिकअप चालक धनकुटाको साँगुरीगढी गाउँपालिका-५ लाप्चेटार बस्ने बर्ष २३ को राजेन्द्र बि.क र पिकअप लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।