छुट्टा छुट्टै स्थानमा ट्याक्टर र मोटरसाईकल दुर्घटना हुदा २ को मृत्यु

पाँचथर, उदयपुर, मंसिर-१५ गते ।
 
पाँचथरको फिदिम नगरपालिका-१४ भालुखोप स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालक १८ बर्षीय अविनास राईको घटनास्थलमै मृत्यु भएको छ।हिजो राती साढे ११ बजे भालुखोपबाट लुङरुपा तर्फ जादै गरेको मे १ त ५७८१ नम्वरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसि दुर्घटना हुदा चालक राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पांचथरले जनाएको छ ।
 
यसै गरी उदयपुर चौदण्ढीगढी नगरपालिका वडा नम्बर ४ सनिबारे स्थित रामपुर फत्तेपुर सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा मोटरसाईकल चालक ३५ बर्षीय दिपेन राईको मृत्यु भएको छ। हिजो राती ८ बजे रामपुर फत्तेपुर सडकखण्डबाट  दक्षीण तर्फ गईरहेको को ११ प ६९६२ नम्बरको मोटरसाईकल  आफै अनियन्त्रित भई दुर्घटना हुदाँ  घाईते भएका चौदण्डीगढी नमुना चोक बस्ने चालक राईको उपचारक क्रममा राती पउने १२ बजे न्यूरो अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। साथै सोहि मोटरसाईकल पछाडी सवार  सोही स्थान बस्ने ३१ बर्षीय नारायण राई घाईते भई  स्थानीय अस्पतालमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ।