एम्बुलेन्स दुर्घटनामा पर्दा ६ जनाको मृत्यु

सुनसरी,मंसिर-१५ गते ।

सुनसरी कोशी गाँउपालिका-हरीपुर चोकमा एम्बुलेन्स र ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा एम्बुलेन्समा सवार ६ जनाको मृत्यु भएको छ।
आज राती सवा १२ बजे पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र बिपरित दिशाबाट आउदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा एम्बुलेन्स चालक सहित एम्बुलेन्समा सवार ६ जना निम्न मानिसहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
जिल्ला उदयपुर त्रियुगा नगरपालिका-१० बस्ने ८५ बर्षीया शिब माया राई प्रेसरको बिमारी भई गोल्डेन अस्पतालमा बिराटनगरमा ल्याई उपचारको क्रममा मृत्यु भए पश्चत घर तर्फ लिएर जाने क्रममा एम्बुलेन्स दुर्घटनामा परेको उक्त कार्यालयले जनाएको छ। ट्रक चालक फरार रहेकोले खोजतलास भईरहेको छ ।
मृत्यु हुनेहरुको नामावालीः-
१)जिल्ला उदयपुर त्रियुगा नगरपालिका-१० बस्ने बर्ष-२८ को राजेस कुमार दनुवार (एम्बुलेन्स चालक) ।
२) जिल्ला उदयपुर त्रियुगा नगरपालिका-१० बस्ने बर्ष ३४ को दुर्गाधन राई ।
३) जिल्ला उदयपुर त्रियुगा नगरपालिका-१० बस्ने बर्ष २८को टेकेन्द्र राई ।
४)जिल्ला उदयपुर त्रियुगा नगरपालिका-१० बस्ने बर्ष ५०को तुल बहादुर राई ।
५)जिल्ला उदयपुर त्रियुगा नगरपालिका-१० बस्ने बर्ष-३५ को मुकेस राई ।
६) जिल्ला उदयपुर त्रियुगा नगरपालिका-१० बस्ने बर्ष-३२को दिनेस राई ।