ट्याक्टर दुर्घटना हुदा चालक र सह चालकको मृत्यु

धनकुटा,मंसिर-१३ गते ।

धनकुटा नगरपालिका-१ हिले स्थित कोशी राजमार्गमा ट्याक्टर दुर्घटना हुदा सोहि ट्याक्टरका चालक धनकुटा सिंजाली गाउ बस्ने ४० बर्षीय राजकुमार मगर र सह-चालक सोही स्थान बस्ने २७ बर्षीय दल बहादुर सिंजाली मगरको मृत्यु भएको छ।
आज दिउँसो साढे १ बजे सिधुवाबाट हिले तर्फ आउदै गरेको को २ त ८७२१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टि दुर्घटना हुदा चालक राजकुमारको सोही ट्याक्टरले किचि घटनास्थलमै मृत्यु भएको हो भनि घाईते भएका सहचालक दल बहादुरको उपचारको क्रममा विजयराज हस्पिटल हिलेमा पउने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।