करेन्ट लागी १ को मृत्यु

ईलाम,मंसिर-१३ गते ।

जिल्ला बारा बर्दिया घर भई ईलाम बस्दै आएका २८ बर्षीय बाल कुमार चौधरीको करेन्ट लागी मृत्यु भएको छ।
हिजो राती ११ बजे ईलाम नगरपालिका-५ स्थितमा रहेको माईखोला हाईड्रो पावरमा काम गर्ने क्रममा तार सट भई करेन्ट लागी बेहोस भएका चौधरीको उपचारको क्रममा आज राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।