भीरबाट खस्दा १ को मृत्यु

ताप्लेजुङ,मंसिर-१३ गते।
 
ताप्लेजुङ सिदिङवा गाउँपालिका-५ लिम्बुदिन बस्ने ५५ बर्षीय जय बहादुर इदिङगो लिम्बुको भीरबाट लडी मृत्यु भएको छ।
हिजो साँझ साढे ७ बजे लिम्बु आङखोपबाट घर फर्कने क्रममा आङखोप स्थित नाकेडाँडा भिर गोरेटो बाटोमा अचानक लडी अन्दाजी ६ सय मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको भनि निजका आफन्तले प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ।