हात्तीको आक्रमणबाट १ को मृत्यु

झापा,मंसिर-१३ गते ।
 
झापा कचनकवल गाउँपालिका-७ बस्ने ५५ बर्षीय काया राय क्षेत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
हिजो राती ९ बजे सोही स्थानमा रहेको पाथीभरा सामुदायीक बनको भवन नजिकैमा जंगली हात्ती आई क्षेत्रीलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको भनि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
मृत्यु भएका क्षेत्री सोही सामुदायीक बनको भवनमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका थिए । घटना सम्बन्धमा कानुनी कारबाहीका लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटि गएको उक्त कार्यालयले जनाएको छ।