भीरबाट लड्दा १ महिलाको मृत्यु

ओखलढुंगा,मंसिर-१२गते।

ओखलढुंगा चिसंखुगढि गाँउपालिका-८ जुकेपानी बस्ने ४८ बर्षीया अन्जु राईको भीरबाट लडेर मृत्यु भएको छ।
आज राती के कुन समयमा रुम्जाटारबाट घर तर्फ आउने क्रममा चिसंखुगढि -७ धनमुडा स्थितमा रहेको भीरबाट अन्दाजी २० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको भनि ११ बजे स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ।