ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोरङ, मंसिर-१२ गते ।
 
मोरङ बेलबारी नगरपालिका-२ स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट ७० बर्षीय बल बहादुर लिम्बुको मृत्यु भएको छ।
आज बिहान ०८ बजे पूर्ब तर्फ जादै गरेको ना ६ ख ३७२७ नम्बरको ट्रकले पैदल यात्री तेह्रथुम बसन्तपुर नगरपालिका ४ बस्ने बल बहादुर लिम्बुलाई ठक्कर दिदा सक्त घाईते भएका लिम्बुको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
ठक्कर दिने ट्रक र चालक बारा निजगढ नगरपालिका ९ बस्ने २५ वर्षीय रमेश बर्तौला ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन ।