लागुऔषध सहित १ जना पक्राउ

मोरङ, मंसिर-१२ गते ।
 
मोरङ कानेपोखरी गाँउपालिका-६ बस्ने २३ बर्षीय सिमन मगर लागुऔषध सहित पक्राउ परेका छन ।
हिजो राती पउने ११ बजे प्रहरी चौकी रमाईलोबाट गस्तीमा खटिएको प्रहरी टोलीले सोही स्थानबाट मगरलाई नियन्त्रणमा लिई चेक जाँच गर्ने क्रममा उनको साथबाट नाईट्रोभेट नामक ट्याभ्लेट ८ पिस,स्पाजमोल ट्रयाभ्लेट १७ पिस र पृजोल नामक ट्रयाभ्लेट ५ पिस फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।