त्रियुगा नदीमा डुबेर १ जना बेपत्ता

उदयपुर, कार्तिक १९ गते ।
 
खोटाङको सावामझुवा गाउँपालिका-६ का ४० बर्षीय सुवास बि.क. त्रियुगा नदीले बगाउँदा डुबेर बेपत्ता भएका छन् । सोमवार बेलुका पौने ८ बजेको समयमा खोटाङबाट उदयपुरको चौदण्डीगढी नगरपालिका-९ अजगढामा रहेको आफ्नो ससुराली घर जादै गर्दा बाटोमा पर्ने त्रियुगा नदी तर्ने क्रममा नदीमा डुबेर बि.क. बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई स्थानीयवासीहरुको समेत सहयोगमा खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।