पोखरीमा डुबेर बालकको मृत्यु

मोरङ, कार्तिक १७ गते ।
 
मोरङको कटहरी गाउँपालिका-२ बस्ने कृष्ण मण्डलको ४ बर्षीय छोरा काले मण्डलको पोखरीमा डुबेर मृत्यु भएको छ । धनपालथान गाउँपालिका-७ फुपुको घरमा बसेका बालक आज दिउँसो पौने ३ बजेको समयमा आफै खेल्दै जाने क्रममा घर नजिकै रहेको माछा पोखरीमा डुबेर घाईते भई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा दिउँसो साँढे ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।