हात्ती धपाउन थापीएको नाङ्गो तारमा करेन्ट लागेर २ जनाको मृत्यु

झापा, कार्तिक १६ गते ।
 
झापाको बुद्ध शान्ति गाउँपालिका-४ स्थित नवज्योति सामुदायिक वन भित्र रहेको पानीको खोल्सिमा हात्ती धपाउन थापेको नाङ्गो बिजुलीको तारमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष १८ को अभिनास राई र भोजपुरको साल्पासिलिछो गाउँपालिका-५ घर भई बुद्ध शान्ति गाउँपालिका-४ स्थित पेरीश राईको घरमा पाहुना आएका बर्ष ३८ को मणिराम राई रहेका छन् ।
 
घटनाबारेमा स्थानीयवासीले आज बिहान ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराउनासाथ घटनास्थलमा तत्काल उक्त कार्यालयको प्रहरीको टोली खटिएको थियो भने थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरीको टोली खटिएको उक्त कार्यालयले जनाएको छ ।