छतबाट लडी मृत्यु

झापा, असोज-२२ गते।
 
झापा कमल गाँउपालिका-१ शुक्रबारे टोल बस्ने ५० बर्षीया चन्द्रमाया दर्जीको लडेर मृत्यु भएको छ ।
हिजो बेलुका दर्जी आफ्नै १ तल्ले घरको छतमा सुत्न गएकोमा राति के-कुन कारण एक्कासी भुँईमा झरी लडेर उनको मृत्यु भएको भनि सोही वडाका वडा-अध्यक्षले आज बिहान पउने ४ बजे प्रहरी चौकी तोपगाछीमा जानकारी गराएका थिए।
घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय दमकबाट समेत प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।