बसको ठक्करबाट १ को मृत्यु

उदयपुर,असोज-२१ गते ।
 
उदयपुर त्रियुगा नगरपालिका-१० देउरी बस्ने २६ बर्षीय नारायण खड्काको सवारी साधनको ठक्करबाट मृत्यु भएको छ ।
आज बिहान ०६ बजे सोही स्थितमा ना४ख ४७८९ नम्बरको बसले ठक्कर दिई घाईते भएका खड्काको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा पउने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ठक्कर दिने बस नियन्त्रणमा लिईएको र चालक फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।