लागुऔषध सहित महिला पक्राउ

मोरङ, असोज २० गते ।
 
मोरङको बिराटनगर महानगरपालिका-१६ हुलास मेटल चोकबाट लागुऔषध सहित १ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आईतवार राती १० बजेको समयमा सिमावर्ती भारतीय बजार जोगवनीबाट पैदल आउँदै गरेकी धरान उपमहानगरपालिका-१७ की कबिता मगरातीलाई चेकजाँच गर्ने क्रममा मगरातीको साथबाट डाइजेल्याब १० एम्पुल , लुपिजेसिक १० एम्पुल , एभिल ८ एम्पुल  र फेनारगन ३ एम्पुल लागुऔषध बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेकी मगरातीलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ ।