सुमो गाढीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

उदयपुर, असोज १९ गते ।
 
उदयपुरको कटारी नगरपालिका -२ गरास स्थितमा सुमो गाढीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शनिबार साँझ पौने ५ बजेको समयमा ओखलढुङगा बाट धरान तर्फ जादै गरेको को १ ज ३४०० नम्बरकोको सुमो गाढीले बिपरित दिशा बाट आईरहेको ज ५ प ७५५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।
 
दुर्घटनामा परेर मोटरसाईकल चालक सिन्धुलीको दुधौली नगरपालिका-९ लदाहभिर बस्ने अंदाजि बर्ष ३४ को रूपेन कुमर गम्भिर घाईते भएका थिए । मिर्चैया अस्पतालमा सामान्य उपचार पश्चात उनलाई थप उपचारको लागी धरान तर्फ लैजाने क्रममा साँझ सवा ७ बजे बाटैमा मृत्यु भएको थियो । ठक्कर दिने बस, बस चालक लाई प्रहरी चौकी बेलसोतको नियन्त्रणमा लिएको छ ।