धारिलो हतियार प्रहारबाट १ जना घाईते

खोटाङ, भाद्र २५ गते ।
 
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ का ४३ बर्षीय बालाराम कट्वाल धारिलो हतियार प्रहारबाट घाईते भएका छन् । मंगलवार राती ९ बजेको समयमा मादक पदार्थ सेवन गरी आएका निजकै भतिज दिनेश कट्वालले सामान्य बादबिबादकै क्रममा एक्कासी टाउकोमा धारिलो हतियार खुकुरी प्रहार गर्दा घाईते भएका कट्वालको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ भने खूकुरी प्रहार गर्ने दिनेश कट्वाललाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।