जंगली च्याउ खाएर १ जना बिरामी

तेह्रथुम, भाद्र २४ गते ।

तेह्रथुमको म्याङलुङ गाउँपालिका-७ जिरीखिम्ती बस्ने ३० बर्षीया सुमित्रा नेपाली जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेकी छन् । सोमवार बेलुका खाना संगै जंगलबाट आफैले टिपेर ल्याएको च्याउ खादा बिरामी भएकी नेपालीको जिल्ला अस्पताल म्याङलुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।