खोलाले बगाएर १ जना बेपत्ता

भोजपुर, भाद्र २२ गते ।

 

भोजपुरको षडानन्द नगरपालिका-१२ माघेछापका २३ बर्षीय दिनेश बि.क. खोलाले बगाएर बेपत्ता भएका छन् । आज बिहान पौने १२ बजे स्थानीय अरुण खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता भएका बि.क.को प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गरिरहेको तथा खोला बगेको एरियामा पर्ने अन्य प्रहरी यूनिटबाट समेत प्रहरी टोली खटि गई खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।