ढुङ्गाले लागेर कामदार घाईते

उदयपुर, भाद्र २१ गते ।
 
उदयपुरको कटारी नगरपालिका-१४ वनडाँडा स्थितमा सोलु हाईड्रोपावरको पोल गाड्नको लागी खाडल खन्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर सोही हाईड्रोपावरका १ जना कामदार घाईते भएका छन् । आज बिहान साढे ११ बजेको समयमा सोही स्थान बस्ने बर्ष ५० को निर्प बहादुर थापामगरको टाउकोमा ढुङ्गा झरेर लाग्दा उनी गम्भिर घाईते भएका हुन । घाईते उनलाई उपचारको लागी काठमाण्डौ टिचिङ अस्पताल लगीएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।