करेन्ट लागेर १ जनाको मृत्यु

झापा, भाद्र २१ गते ।
 
झापाको बारदर्शी गाउपालिका-५ पिपल चौक बस्ने बर्ष ४४ को पुर्ण बहादुर बि.क. को करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा खुकुरी,कोदालो,खुर्पि, फलामको अन्य सामान बनाउने काम गर्दै आईरहेका पुर्ण बहादुर बि.क. लाई आज बिहान साढे ११ बजेको समयमा खुर्पि बनाउने क्रममा अचानक ग्यालेनडरको पछाडिको भागको नोट खुस्कि करेन्ट लागी घाईते भएका हुन् । घाईते उलाई उपचारको लागी तत्काल लागी बिर्तासिटी अस्पताल बिर्तामोड ल्याएकोमा उपचारको क्रममा पौने १ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।